विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरूद्ध

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं -डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ। वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताएका छन्।

बुद्ध एयरले पनि आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ।

यति एयरले पनि आजका लागि निर्धारित पाँच उडान प्रभावित हुने जानकारी दिएको छ।

विराटनगरका लागि कुनै पनि उडान हुने सम्भावना नरहेको यती एयरका प्रवक्ता सुदर्शन बटलाले जानकारी दिए।

दुई दिनदेखि परेको पानी र केसलियालगायत खोलाको भेलले विराटनगर महानगरपालिका भित्रका सबै वडा प्रभावित बनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp