इन्भेष्टमेन्ट बैंकको लाभांश संसोधन, बोनस सेयर बढ्यो
३ कार्तिक, काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले लाभांश संसोधन गरेको छ । नेपाल राष्ट्रबैंकको निर्देशनपछि यसअघि प्रस्तावित लाभांशमा संसोधन गरेको हो । कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो।
इन्भेष्टमेन्ट बैंकको असोज १७ गते बसेको संचालक समितिको ५५४ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांशमध्ये ११.२४ प्रतिशत बोनस सेयर र ४।७६ प्रतिशत नगद लाभांश९कर प्रयोजनसमेत० वितरण गर्ने भनिएको थियो ।
तर, नेपाल राष्टबैंकले इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको नगद लाभांश बढी भएको भन्दै बोनस सेयर बढाएर नगद लाभांश घटाइदिएको छ । अब संसोधित लाभांश अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले १२।६११ प्रतिशत बोनस सेयर र ३।३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो हिसाबले इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस सेयर र ५५ करोड ९ लाख ६० हजार ८९७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
संसोधित लाभांश समेत नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
सम्बन्धित खबर
२६ वाणिज्य बैंकमध्ये २३ बैंकले गरे लाभांश घोषणा, कसको कति?
१९ मंसिर २०८२, बिहीबार
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको दशैं धमाका योजनामा २० % छुट
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीद्वारा पदभार ग्रहण
१९ मंसिर २०८२, बिहीबार
