मेगा बैंक नेपालले ल्यायो ६ गुणा रकम बढ्ने योजना
मेगा बैंक नेपालले ६ गुणासम्म प्रतिफल दिने मेगा म्याजिक मुद्दती योजना ल्याएको छ । यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
यस्तै, संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसैगरी, रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । ।
सम्बन्धित खबर
संग्रिला डेभलपमेन्ट बैंकको साढे १० प्रतिशत लाभांश प्रस्ताव
२७ मंसिर २०८२, शुक्रबार
महालक्ष्मी बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, टाटाका गाडी खरिद गर्नेलाई कर्जा दिने
२७ मंसिर २०८२, शुक्रबार
लक्ष्मी बैंकको १३७ औँ शाखा ईटहरीको पकलीमा
२७ मंसिर २०८२, शुक्रबार
