सामलिङ्ग पावरको आईपीओमा पहिलो दिनमै करिब ८ गुणा बढी आवेदन

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

४ कार्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेड निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार ४ लाख ३० हजार ५२१ आवेदकबाट ५३ करोड १८ लाख ५२ हजार रुपैयाँ बराबरको ५३ लाख १८ हजार ५२० कित्ता शेयर माग गरेको छ ।

यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ७.८३ गुणा बढी हो ।

आज कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

मागभन्दा बढी आवेदन परेकोले यो आईपीओको निष्कासन बन्द कात्तिक ८ गते हुने निश्चित भएको छ। योसँगै यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ।

लगानीकर्ताले मेरो सेयरका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp