नेपाल बैंकको सञ्चालकमा शाक्य नियुक्त, शुक्रबार गरे शपथग्रहण
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
५ कार्तिक, काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा रहेका यसअघि सञ्चालक सुमन दाहालको स्थानमा अर्थ मन्त्रालयकै सहसचिव शाक्य नियुक्त भएको बैंकले जनाएको छ ।
हिजो बिहीवार बैंकको सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइसकेको बैंकले जनाएको छ ।
शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष सुमनराज अर्यालले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
विदेशी विनिमय सङ्कट बढेपछि श्रीलङ्काका केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा
१९ मंसिर २०८२, बिहीबार
लक्ष्मी क्यापिटले डाक्यो वार्षिक साधारण सभा , के-के छन् प्रस्ताव ?
१९ मंसिर २०८२, बिहीबार
लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत
१९ मंसिर २०८२, बिहीबार
