आरटिजीएस प्रणाली शनिबार पनि चल्ने

५ कार्तिक २०७८, शुक्रबार १३:५२

५ असोज, काठमाडौं । आरटीजीएस प्रणाली भोलि शनिबार (कात्तिक ६ गते) पनि सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *