Banking Khabar
अर्थतन्त्र

सिभिल लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

October 22, 2021
सेयर:

५ असोज, काठमाडौं । सिभिल लघुवित्तले १०औं वार्षिक साधारण सभा कात्तिक २८ गते बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडैंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले बताएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।

सभाले आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते ९एक दिन० बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।