ननकोभिड सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण कम भएको भन्दै नन् कोभिड सेवा सञ्चालन गर्न सबै कोभिड अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले समुदाय र अस्पतालमा कोरोना संक्रमित विरामीको संख्या न्यून भएकोले नियमित सेवा सुचारु गर्न कात्तिक १५ गते सचिवस्तरीय निर्णय भएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित विरामीको उपचार व्यवस्थापन छुट्टै ईकाई मार्फत  हुने गरी नन्कोभिड उपचार व्यवस्थापन गर्न सबै अस्पताललाई पत्राचार गरेको छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp