मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ।

मेगा बैंक नेपाल लिमिटेड र दृष्टि आई केयर सेन्टरबीच मेगा बैंकका ग्राहकहरूलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परीक्षण र ल्याबमा ५/५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन्।

मेगा बैंकका ग्राहकहरूलाई यसअघिदेखि नै काठमाडौं लगायत देशका विभिन्न अस्पतालहरूले विशेष छुट दिँदै आएका बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp