राति १२ बजेसम्म मर्मतपछि भरतपुरमा ३६ घण्टापछि बल्यो विजुली
चितवन- चितवनको बसेनी सबस्टेशन चार्ज भएपछि भरतपुर क्षेत्रमा ३६ घण्टापछि विजुली आएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले गए राति १ बजेदेखि भरतपुरको औद्योगिक क्षेत्र बाहेकमा विद्युत बल्न थालेको जानकारी दिए ।
चितवनको भरतपुरका विभिन्न क्षेत्रममा बन्द विद्युत् सेवा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं दिनरात खटेर पुनः सञ्चालन गराएका छन् । विद्युत् अवरुद्ध भएको जनगुनासो आएपछि बुधबार दिउँसो भरतपुरको बसेनीस्थित सबस्टेसन पुगेका घिसिङ मध्यराति पनि पुगेर मर्मतका लागि निर्देशन दिएका हुन् ।
बिग्रेका पावर ट्रान्सफर्मर मर्मत तथा परिवर्तनपछि राति १ बजेदेखि विद्युत् पुनः सञ्चालन भएको हेटौंडा ग्रिड महाशाखाका प्रमुख राजन श्रेष्ठले बताएका छन् । उनका अनुसार भक्तपुरको ठूलो क्षेत्रमा अवरुद्ध विद्युत् ३६ घण्टापछि पुनः सञ्चालन भएको हो ।
यसअघि भरतपुर महानगरपालिकास्थित १३२÷११ बर्षेनी ग्रिड सबस्टेसनका दुई वटा पावर ट्रान्सर्फमरमा समस्या आएपछि भरतपुर महानगरपालिका–१ देखि १३ सम्म तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत बन्द भएको थियो ।
कार्यकारी निर्देशक घिसिङको टोली त्यहाँ बुधबार राति १२ बजेसम्म निर्देशन÷अनुगमनमा खटेको थियो । विद्युतु चालु भएपछि अहिले बिहान कार्यकारी निर्देशक घिसिङको टोली काठमाडौं फर्किन लागेको टोलीमा सहभागी एक सदस्यले जानकारी दिए ।
सम्बन्धित खबर
तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत नगद लाभांश प्रस्ताव, होटल वर्षौंदेखि सबैभन्दा कम लाभांश वितरण गर्न तयारी
थाहा पाउनुहोस् बैंकहरूले मुद्दतीमा तोकेको नयाँ ब्याजदर कुनको कति पुग्यो ? (सूचिसहित)
सिंहदरबार क्षेत्रका सरकारी गाडीमा आगजनी: ४४१ चारपाङ्ग्रे र ६०१ दुईपाङ्ग्रे सवारी ध्वस्त
