सनराइज बैंकको ७ प्रतिशत लाभांश प्रस्ताव

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सामेबार सम्पन्न बैठकले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। बैठकले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ। हाल ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको बैंकको चुक्ता पूँजी प्रस्तावित लाभांश वितरणपछि १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ पुग्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp