लुम्बिनी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको भएको छ । बैंकले शुक्रबार सो साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावसगै शेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयर सहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४ औं वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको थियो ।
सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७७/७८ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
‘कालो सुन’ मानिने अलैँचीको उत्पादन ४० प्रतिशत घट्यो
१९ मंसिर २०८२, बिहीबार
बीमा प्राधिकरण अध्यक्षको योग्यता विवाद सर्वोच्चको पूर्ण इजलासमा
१९ मंसिर २०८२, बिहीबार
पुसभित्र मर्जर भई एकीकृत कारोबार गर्ने बैंकलाई थप सुविधा
१९ मंसिर २०८२, बिहीबार
