नबिल र बंगलादेश बैंककाे मर्जरको तयारी तीव्र, जेठभित्रै गाभिने
बिलमा नेपाल बंगलादेश (एनबी) बैंक आगामी जेठ महिनाभित्रै गाभिने भएको छ । नबिलमा बंगलादेश बैंक गाभिनका लागि अहिले आवश्यक प्रक्रिया तीब्र रुपमा भइरहेको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलका अनुसार जेठमहिना भित्र बंगलादेश बैंकलाई गाभ्नका लागि आवश्यक कार्यहरु भइरहेको छ।
यसअघि नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्नका लागि भएको सम्झौतापत्रमा १००ः४३ को अनुपातमा खरिद गर्ने सहमति भएको थियो । तर, प्रारम्भिक रुपमा सम्पत्ति तथा दायित्वको मूल्याकन (डिडिए) भएपछि यसमा केही परिवर्तन हुन सक्ने सम्भावना रहेको पनि जानकारी गराइएको थियो ।
डिडिए रिर्पोटमा १० प्रतिशतसम्म तल माथि भएपनि एनबी बैंकको एक सय कित्ता बराबर ३४ कित्ता हुने गरेर स्वाप रेसियो कायम हुने र त्यो भन्दा पनि कम वा बढी भएमा मात्र स्वाप रेसियो तल माथि हुने भएको छ ।
नबिल बैंकमा एनबी बैंक गाभिने गरी सम्झौता भएपछि शेयर बजारमा एनबी बैंकको शेयर कारोबार रोक्का छ । नबिल बैंकको भने शेयर किनबेच भइरहेको छ । अहिले नबिल बैंकको शेयर प्रतिकित्ता ९७० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
उत्ता हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता गरेको ११ महिना भइसक्दा पनि मर्जरमा जान सकेका छैनन् । मर्जरको प्रक्रियामा रहेका ती दुई बैंकको शेयर कारोबार रोकिएको छ।
सम्बन्धित खबर
तरलता व्यवस्थापनका लागि २० अर्ब बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक
२७ मंसिर २०८२, शुक्रबार
बैंकले बढाए ब्याजदर, बचत र मुद्दती खातामा अब कुन बैंकले कति दिन्छन्? (सूची)
२७ मंसिर २०८२, शुक्रबार
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
२७ मंसिर २०८२, शुक्रबार
