१० देशमा नेपाली बैंकको शाखा विस्तार गरिने
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रबाट समग्र देश विकासमा टेवा पुर्याउने उद्देश्यसहित भिजन २०३० तय गरेको छ । समग्र देश विकासमा बैंकिङ क्षेत्रलाई प्रमुख सहयात्री बनाउने गरी सिबिफिनले भिजन २०३० तय गरेको हो ।
सिबिफिनले बैंकिङ क्षेत्रको अप्ठ्यारा तथा चुनौतीहरूको विषयमा एक अध्ययन गरेको थियो । सोही अध्ययनको आधारमा सिबिफिनले बैंकिङ क्षेत्रको विकासका लागि सुझावसहितको प्रतिवेदन तयार गरेको छ । सोही प्रतिवेदनमार्पmत सिबिफिनले यस्तो लक्ष्य लिएको हो ।
उक्त अध्ययन प्रतिवेदन गत पुस १३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेश गरिसकिएको छ । परिसंघका अध्यक्ष पवन गोल्यानले उक्त प्रतिवेदन गभर्नरसमक्ष पेश गरेको बताए । शुक्रवार काठमाडौंमा सम्पन्न सिबिफिनको साधारणसभामा उनले यस्तो बताएका हुन् ।
बैंकिङ क्षेत्रले आर्थिक वृद्धिदर बढाउन, आर्थिक क्रियाकलाप बढाउन, कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्न, निजीक्षेत्रको विकास गर्न, बैंकिङ बानी सिकाउनेलगायत विभिन्न पक्षमा योगदान गरिरहेका छन् । आगामी दिनमा पनि यस्ता योगदानलाई बैंकिङ क्षेत्रले निरन्तरता दिोछन् । तर, अब बैंकिङ क्षेत्रलाई आर्थिक विकासको प्रमुख सहयात्री बनाउने गरी भिजन २०३० ल्याइएको सिबिफनको भनाइ छ ।
जोखिम व्यवस्थापनका लागि बलियो संरचना बनाउने, निक्षेप र कर्जालाई सन्तुलित र दिगो रूपमा वृद्धि गर्दै लैजाने र बलियो सूचना प्रविधि संरचनाको विकास गर्ने भिजन २०३० मा उल्लेख छ । २०३० भित्र कम्तीमा १० देशमा नेपाली बैंकको शाखा तथा सम्पर्क कार्यालय पु¥याउने सिबिफिनको लक्ष्य छ ।
यस्तै, ग्रीन फाइनान्सिङ र साना तथा मझौला उद्यम कर्जालाई प्राथमिकतामा राखी प्रवाह गरी देश विकासमा योगदान दिने पनि भिजन २०३० मा उल्लेख छ । साथै, प्रोसेस एटोमेशन र प्रेपरलेस बैंकिङलाई प्रवद्र्धन गर्ने सिबिफिनले बताएको छ ।
सम्बन्धित खबर
भोलिबाट दशैंका लागि नयाँ नोट साट्न पाइने
२७ मंसिर २०८२, शुक्रबार
राष्ट्रपतिको कदमबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक
२७ मंसिर २०८२, शुक्रबार
एनआईसी एशिया लघुवित्तको आयोजनामा राजगढमा सरसफाइ
२७ मंसिर २०८२, शुक्रबार
