कजाकस्तान संकटः मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली ठोक्न आदेश
Heading1
BusinessSarokar
|
८ पुष २०८२, सोमबार
एजेन्सी – कजाकस्तानमा सरकारविरोधी प्रदशर्नकारीलाई गोली ठोक्न आदेश दिइएको छ । आफ्ना हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली ठोक्न गृह मन्त्रालयले आदेश दिएको हो । इन्धनको मूल्य वृद्धिलाई लिएर कजाकस्तानमा केही दिन यता हिंसात्मक प्रदर्शन भएका छन् ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दर्जनौ प्रदर्शनकारी मारिएका छन् । शुक्रबारसम्म दुई हजार ३०० प्रदर्शनकारी पक्राउ परेका छन् । झडपमा कम्तिमा १८ सुरक्षाकर्मी मारिएका छन् भने ७४८ जना घाईते भएका छन् ।
प्रदर्शन नियन्त्रण गर्न कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको छ ।
यसअघि बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ ) लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए ।
सम्बन्धित खबर
ईभीको मोटर क्षमता ढाँटेर भन्सार पास, करिब ४ अर्ब कर छलि भएकाे महालेखाको ठहर
एसबानद्वारा पूँजीबजार सुधार प्रतिवेदनको स्वागत, तत्काल कार्यान्वयनको माग
आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
