एनएमबी बैंक कर्णाली प्रदेशद्वारा दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम
एनएमवी बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहब्यापी रुपमा सम्पन्न भएको छ । दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो । वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवा सुविधाका बारेमा स्थानीयहरुले ज्ञान लिने मौका पाएका हुन् ।
सुर्खेतका पञ्चपुरी नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल गाउँपालिका र दैलेखका नारायण नगरपालिका, गुँरास गाउँपालिका र नौमुले गाउँपालिकामा ६ सय ५० जना सहभागीहरुविच वित्तीय साक्षरता कार्यक्रम गरिएको एनएमवी बैंकका कर्णाली प्रदेशका एरिया मेनेजर मित्रराज प्याकुरलेले बताउनुभयाे ।
आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभुत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले ब्यवस्थापन, सही आर्थिक निर्णय गर्न, बैंकिङ्ग तथा वित्तीय संस्थासंग कारोवार गर्न तथा भविष्यमा वित्तीय ब्यवस्थापनमा सघाउ पुराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले गरिएको बैंकले जनाएको छ ।
त्यस्तै सहभागीहरुले आर्थिक संकट पूर्वाअनुमान गरेर अनावश्यक ऋण बोझबाट जोगिने, सिमित आयबाट पनि दैनिक खर्च, भैपरी आउने खर्च र ब्यापार ब्यवसाय ब्यवस्थापन गर्न सिकाउने, विशेष यूवाहरुलाई बचत गर्ने बानी र वित्तीय सेवा बसाल्न र वित्तीय सेवा लिन फाईदा साक्षरता कार्यक्रमले गरेको बैंकका कर्णाली प्रदेश एरिया मेनेजर प्याकुरेलले बताउनुभयाे । कार्यक्रममा ए टि एम मेसिन, मोवाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड (एटिएम कार्ड) र क्रेडिट कार्ड लगायतका विषयमा सहभागीहरुलाई ज्ञान सहभागीहरुलाई दिईएको एनएमवी बैंकले जनाएको छ ।
साक्षरता कार्यक्रममा ७५ प्रतिशत महिला सहभागी रहेका थिए । बैंकका कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरेल, सुर्खेत शाखा ऋण शाखा प्रमुख निर्मल गौली, ब्यवसायी विकास अधिकृत खगेन्द्र पाण्डेले वित्तीय साक्षरता कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनुभएकाे थियाे ।
कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा एनएमवी बैंकका ३ वटा शाखा रहेका छन् । दि बैंक अफ दि इयर एसिया २०२१ जस्तो विश्व प्रतिष्ठित अवार्डबाट एनएमवी बैंक नेपाललाई सम्मान गरिएका कारण वित्तीय क्षेत्रमा ठुलो उपलब्धीका रुपमा हेरिएको छ ।
सम्बन्धित खबर
ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला!
१९ मंसिर २०८२, बिहीबार
कामना सेवा विकास बैंकको १५ ओेैैं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
१९ मंसिर २०८२, बिहीबार
इसेवा र एमबैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता
१९ मंसिर २०८२, बिहीबार
