मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा हुँदै
२९ कार्तिक २०७८, सोमबार ०३:१४
नेपाल राष्ट्र बैंकले मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ । मौद्रिक नीतिमा सीडी रेसीयो खुकुलो बनाउने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अहिले बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखिएको छ । पुँजी अभावका कारण बैंकहरुले निक्षेपमा व्याज बढाएका छन् । उक्त समस्या समाधान गर्नका लागि सीडी खुकुलो पार्न लागिएको जनाइएको छ । हाल समस्या उत्पन्न भइरहेको तरलता अभावको स्थितिलाई कुनै पनि माध्यमबाट समाधान गर्नेगरी मौद्रिक नीतिको समिक्षा हुने जनाइएको छ ।