एनआईसी एशिया बैंकको ‘फ्लेक्सी क्याप फण्ड’मा जेठ १९ गतेदेखि आवेदन दिन सकिने

१० जेष्ठ २०७९, मंगलवार ०३:५६

एनआईसी एशिया बैंकले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तरगत सञ्चालन हुने फ्लेक्सी क्याप फण्ड म्युचुअल फन्डको जेठ १९ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । निष्कासन बन्द छिटोमा जेठ २४ गते हुनेछ भने ढिलोमा असार २ गते हुनेछ ।

योजनाले १० करोड इकाइ बीज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धकका लागि सुरक्षित गरी सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइ निष्कासन गर्नेछ । यस योजनाको कोष प्रवद्र्धक एनआईसी एशिया बैंक रहेको छ ।

यस योजनाको अवधि ७ वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *