गरिमा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा विभिन्न स्वास्थ्य सेवा लिँदा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकले आफ्ना मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्ताहरूलाई लाभ पुर्याउने उद्देश्यले ब्लु क्रस हस्पिटलसँग त्यस्तो सम्झौता गरेको हो ।
सम्झौताअनुसार ब्लु क्रस हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्रदान गरिनेछ भने स्ट्यान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ प्याकेजमा ४५ प्रतिशतसम्मको छुट पाइनेछ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरिएकोे छ ।
हाल यस बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर एवं ५१ एटीएम मेसिनबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ सेवा दिँदै आइरहेको छ ।