गरिमा विकास बैंकले ल्यायो ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता गर्दै

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

१० भदौ, काठमाडौ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा गरिमा विकास बैंकले सम्पुर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न भएको छ ।

बैकको यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् ।उक्त प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने छ ।

प्रतियोगिताको विजेताले ९ हजार रूपैयाँ, उप–विजेताले ६ हजार रूपैयाँ र तेस्रो हुनेले ३ हजार रूपैयाँ जित्न सक्नेछन् । त्यस्तै, एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार जित्नेछन् । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ ।

बैंकले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई हाम्रो फेसबुक र बेबसाईटमा राखेको छ । ईच्छुक महिला टिकटकरहरुले भदौ १० गते देखि २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar #Garimabikasbank  ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp