सिसडोलका स्थानीयले रोके फोहर बोकेका गाडी

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नुवाकोटस्थित सिसडोलका स्थानीयले पुनः काठमाडौंबाट डम्पिङका लागि गएका फोहोर बोकेका गाडी रोकेका छन् ।

आईतबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच फोहोर उठाउने सहमति भएको थियो ।

तर, सिसडोलका स्थानीयले भने काठमाडौंमा भएको सहमति नमान्ने भन्दै आज विहानैदेखि फोहर बोकेका गाडी बाटौमै रोकेका हुन् ।१० दिनदेखि काठमाडौं महानगरपालिकाका चोक चोकमा थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp