सूर्य र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

नेपाल स्टक एक्सचेन्जले सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सको सेयर कारोबार रोक्का गरेको छ। यी दुई कम्पनीको एक आपसमा गाभिने भएपछि दुवैको सोमबारदेखि सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीबीच आइतबार मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

सम्झौतामा सूर्या लाइफका अध्यक्ष केशव भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गर्नुभएको छ । दुई कम्पनीको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन्।

बीमा समितिको चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ। हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp