काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् ।
बालेन शाहले सिर्जना सिंहलाई १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन् भने केशव स्थापितलाई १८ हजार ७९१ मत अन्तरले पछाडि पारेका छन् ।
काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ