नबिल बैंकका सीईओ ढुङ्गाना शुक्रबारबाट कार्यभार सम्हाल्दै
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्नुहुने भएको छ ।
उहाँले शुक्रबार अर्थात् असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्नु हुनेछ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहनुहुनेछ । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।
एनबी बैंकका कर्मचारीहरूको भने एक तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ । एनबीलाई गाभ्नको लागि नबिलले बुधबार मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।
सम्बन्धित खबर
कसरी कमाउने शेयर बजारबाट ? यस्ता छन् सुत्रहरु
१९ मंसिर २०८२, बिहीबार
एसबी सोलुसन्सद्वारा नबिल बैंकमा क्याड मोड्युल कार्यान्वयन
१९ मंसिर २०८२, बिहीबारसामाजिक सञ्जालमा रोक : आज काठमाडौंमा प्रदर्शन
१९ मंसिर २०८२, बिहीबार
