नेपाल लाइफको सीईओमा प्रवीण रमण नियुक्त

बीमा BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुलीलाई नियुक्त गरिएको छ। कम्पनीको गत असार ३१ गते बसेको सञ्चालक समितिको ३४१औँ बैठकले रिक्त पदमा वरिष्ठ नायब सीईओ पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उहाँलाई बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को निर्देशन नं। २८ अनुसार नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव विनोद कुमार भुजेलले बताउनुभयो ।

पराजुलीसँग गरिएको करार तथा व्यावसायिक योजना स्वीकृत समेत गरिएको छ। योसँगै बीमा समितिमा आवश्यक स्वीकृतिका लागि निर्णय पेस गरिएको छ। समितिबाट स्वीकृति पाएको मितिबाट करारअनुसारको नियुक्ति लागू हुने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp