लुजा मेक अप स्टुडियोको सेवामा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने

बैंकिङ BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

१८ असोज, काठमाडौं । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् ।

सम्झौता पछि सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रा। ली। को विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp