गरिमा विकास बैंकका ग्राकहले सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने
विकास बैक
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
गरिमा विकास बैंकका ग्राहकले चितवनको भरतपुरमा रहेको सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने भएका छन् । उक्त छुटका लागि सम्झौता भएको छ ।
सम्झौतापत्र अनुसार बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसमम र फुड एण्ड वेभरेजमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ । बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ करोड नाघ्यो, वितरणयोग्य नाफा तीन गुणाले वृद्धि
गरिमा विकास बैंकका ग्राहकले ‘पोखरा बाटिका-क्लासिक होटल’ मा २० प्रतिशतसम्म छुट पाउने
गरिमा विकास बैंकले ल्यायो छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने मुद्दति योजना
