Banking Khabar
Heading3

१७ विकास बैंक मध्ये बढी लाभांश दिन सक्नेमा एक्सल अग्रिम, कुनको अबस्था कस्तो ?

August 25, 2021
सेयर:

भदौ ९, काठमाडौं । वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा संचालनमा रहेका सुचिकृत १७ वटा बिकास बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। यस मध्य पनि सबैभन्दा बढि लाभांश दिन सक्ने बैकंहरुमा सबै भन्दा अगाडि एक्सेल डेभलपमेन्ट बैंक रहेको छ ।

सबैभन्दा बढी लाभांश क्षमता एक्सेल डेभलपमेन्ट बैंकको रहेको छ भने सबै भन्दा बढी लाभांश बाँड्न सक्ने विकास बैंकमा पनि एक्सेल डेभलपमेन्ट नै अगाडी देखिएको छ। एक्सेलको लाभांश क्षमता २५.२३ प्रतिशत रहेको छ भने बाँड्न सक्ने लाभांश २४.२१ प्रतिशत देखिन्छ। जसमा २३ प्रतिशत बोनस सेयर रहेको छ।

प्रकाशित वित्तीय विवरणअनुसार १७ मध्ये १५ वटा बिकास बैंक गत आर्थिक बर्ष नाफामा रहेका छन् भने नारायणी बिकास बैंक घाटामा रहेको छ। एउटा बाहेक सबै बिकास बैंक नाफामा रहेपनि उनीहरुले वितरण गर्न सक्ने लाभांश क्षमता र वितरण गर्ने लाभांश फरक छ।

१७ वटा बिकास बैंकहरु मध्ये गत आर्थिक बर्ष सबै भन्दा बढी खुद मुनाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक अगाडी छ भने उसलाई ग्लोबल गरिमा, ज्योति, महालक्ष्मी र कामना सेवा विकास बैंकले पछ्याएका छन्।

मुक्तिनाथ विकास बैंकको खुद नाफा १ अर्ब १५ करोड रहेको छ भने उसलाई पछ्याएको गरिमा विकास बैंकले ८४ करोड ४४ लाख, ज्योतिले ८२ करोड ५२ लाख, महालक्ष्मी विकास बैंकले ७३ करोड २९ लाख र कामना सेवाले ७० करोड खुद मुनाफा आर्जन गरेका छन्।

त्यस्तै १७ वटा विकास बैंक मध्ये इपिएस सबै भन्दा बढी कामना सेवा विकास बैंकको रहेको छ भने मुक्तिनाथ,ज्योति र गरिमा विकास बैंकले पछ्याएका छन्। कामनाको प्रति सेयर आम्दानी २६.४० पैसा हुँदा उसलाई पछ्याएका मुक्तिनाथको २३.९२ पैसा, ज्योतिको २१.४६ पैसा, गरिमाको २१ रुपैयाँ ३९ पैसा रहेको छ।