हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार ४ महिनाभित्र हुने
बैंकवित्त
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार ४ महिनाभित्र हुने भएको छ। यी दुई बैंकबीच मर्जरमा जानेसम्बन्धी समझदारी असार अन्तिम अर्थात् २९ गते भएको थियो। चार महिनाभित्र एकीकृत कारोबार गर्ने गरी काम अगाडि बढाइएको बैंकले जनाएको छ ।
सो अनुसार सञ्चालक समितिका अध्यक्ष हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीईओ अशोक राणा हुनेछन्। हिमालयन बैंकले १००ः८१ को अनुपातमा सिभिललाई मर्जर हुन लागेको हो। अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ।
यसअघि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक समेत मर्जरमा जाने समझदारी भएको थियो। तर अन्तिम समयमा तोडिएको थियो। अहिले सिभिल बैंकसँग पनि ठूलो प्रयास गरेर हिमालयन बैंकले मर्जरको समझदारी गरेको छ।
सम्बन्धित खबर
मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या झन्डै दुई करोड
१९ मंसिर २०८२, बिहीबार
वैदेशिक रोजगारमा जानेले एनआइसी एशिया बैंकको खाता खोल्दा ८४ लाखसम्म बिमा सुविधा
१९ मंसिर २०८२, बिहीबार
हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त
१९ मंसिर २०८२, बिहीबार
