प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलको सेवामा छुट

बैंकवित्त BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले स्टार हस्पिटलको सेवा मध्य बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्

 

यस छुट सेवा लिन चाहाने ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp