१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल
Heading1
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब पैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ।
यसैगरी राष्ट्र बैंकले ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल मंसिर २७ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
