असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, खैनी र गुट्खा निषेध
काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ।
कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।
सूर्तिजन्य पदार्थ ९नियन्त्रण र नियमन० गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।
साथै, महानगरले सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रहमेत गरेको छ।
सम्बन्धित खबर
नक्कली भुटानी शरणार्थी प्रकरण : अहिलेसम्म खाणसहित १२ जना पक्राउ, लहरो अझै तानिँदै
२७ मंसिर २०८२, शुक्रबार
मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
२७ मंसिर २०८२, शुक्रबार
गैरकानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध उजुरी दिनुस्, कारबाही गर्छौं : गृह मन्त्रालय
२७ मंसिर २०८२, शुक्रबार
