गैरकानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध उजुरी दिनुस्, कारबाही गर्छौं : गृह मन्त्रालय

Heading2 BusinessSarokar | १५ पुष २०८२, सोमबार

गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्‍दै गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्तो गैर कानुनी रुपमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन आग्रह गरेको हो ।

‘… त्यसरी गैर कानुनी रुपमा काम गरेको संस्थाहरु/व्‍यक्ति उपर सम्बन्धित व्‍यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित निपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिनहुन अनुरोध छ।’
विज्ञप्तिमा भनिएको छ, ‘त्‍यस्ता गतिविधि सञ्‍चालन गरेको पाइएमा संलग्‍न संस्था, समूह र व्‍यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

यस्तै इजाजतपत्र नलिई अनधिकृत रुपमा सञ्‍चालन भएका शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्‍न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधि रुपमा कार्य गर्ने व्‍यक्तिहरु उपर सरकारले निगरानी गरिरहेकोसमेत गृहले जनाएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp