विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।
तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।
तीन महिनाको अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।
सम्बन्धित खबर
होटल व्यवसायलाई प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न आग्रह
२७ मंसिर २०८२, शुक्रबार
माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा बोलायो
२७ मंसिर २०८२, शुक्रबार
गरिमा विकास बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत छुट पाइने
२७ मंसिर २०८२, शुक्रबार
