सपोर्ट लघुवित्तको साढे ३१ प्रतिशत लाभांश प्रस्ताव

Heading3 BusinessSarokar | १५ पुष २०८२, सोमबार

काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीलाई ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५७ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp