Banking Khabar
Heading3

मिटरब्याजसँग जोडेर लघुवित्तमाथि प्रहार हुन गलत – सांसद भगवती चौधरी

March 31, 2023
सेयर:

नेकपा एमालेकी सांसद भगवती चौधरीले लघुवित्तको बचाउ गरेकी छन्।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले लघुवित्तहरु सुरुमा सामाजिक व्यवसायको रुपमा वित्तीय पहुँच नभएका गरिबहरुका लागि भन्दै सुरु भएको तर पछि साहु र बैंकहरुले नाफा कमाउन थालेपछि समस्या आएको बताइन्।

उनले मिटर ब्याजसँग जोड्दै लघुवित्तमाथि भइरहेको प्रहार गलत भएको दाबी गरिन्।

‘मिटर ब्याजको विरोधमा पीडितहरु सडकमा छन्। बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज भनेर विरोध भइरहेको छ। तर, ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरु विवाह, मृत्यु दुर्घटना जस्ता अवसरमा चर्को ब्याज लगाउन गाउँ–गाउँमा साहुहरु सक्रिय छन्,’ उनले भनिन्, ‘बैंकमा धितो राख्न जग्गा नहुने, सानो ऋणमा वित्तीय संस्थाले चासो नदिने हुँदा सानो पैसाका लागि साहुमा जाने अनि उसले दोब्बर–तेब्बर बनाउने गरेको देखियो।’

मिटरब्याज रोक्नका लागि नै लघुवित्त सञ्चालनमा आएको उनको भनाइ छ। साथै कतिपय साहु महासजनले गरिबको घरखेत नै खाइदिएकाले मिटरब्याज रोक्नुपर्ने उनले माग गरि