Banking Khabar
Heading2

बारा-२ मा उपेन्द्र यादवको जित निश्चित

April 25, 2023
सेयर:

बारा क्षेत्रनम्बर-२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजार मत कटाएका छन् ।

यादवले ११ हजार ४३५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई जनमतका शिवचन्द्र कुशवाहाले ७४६३ मतका साथ पछ्याएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ४२१५ मत ल्याएका छन् भने रास्वपाका रमेशप्रसाद खरेल १८७० मतका साथ चौथो स्थानमा छन् ।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो ।