असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्न कृषि विकास बैंकको आग्रह

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

कृषि विकास बैंक लिमिटेडले हितग्राही खाता (डिम्याट) नविकरण गर्ने आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै असार मसान्तभित्र सम्पूर्ण डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको हो ।

नविकरण शुल्क ईसेवा, खल्ती, कनेक्ट आइपिएस, प्रभु पे तथा आइएमई पेलगायत बैंकका शाखा कार्यालयमा बुझाउन भनेको छ ।

तोकिएको अवधिभित्र नविकरण नभएमा डिम्याट खाता फ्रिज हुने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp