नेपालको कृषि शिक्षा क्षेत्रमा अग्रणी संस्था हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (HICAST) ले आफ्नो स्थापनाको २५ औं वर्षगाँठ रजत जयन्तीको रूपमा भव्यताका साथ मनाएको छ। वि.सं. २०५७ मा स्थापना भएको यस कलेजले कृषि, पशु विज्ञान, डेरी प्रविधि, मीट टेक्नोलोजी र एग्री-बिजनेसमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। रजत जयन्ती समारोहमा पूर्वविद्यार्थीहरूको भेला, सांस्कृतिक कार्यक्रमहरू, सम्मान कार्यक्रमहरू र भविष्यका योजनाहरू सार्वजनिक गरियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा शिक्षाविद्हरू, सरकारी अधिकारीहरू र निजी क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो।
HICAST का संस्थापक अध्यक्ष डा. विनायक प्रसाद राजभण्डारी यस कलेजका संस्थापक तथा कार्यकारी अध्यक्ष डा. विनायक प्रसाद राजभण्डारी एक वरिष्ठ प्राध्यापक, अनुसन्धानकर्ता, लेखक, सम्पादक तथा सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँले सन् १९९८ देखि २००० सम्मको अवधिमा सार्वजनिक-निजी साझेदारी (3P) अवधारणालाई प्रयोग गर्दै HICAST को स्थापना गर्न पहल गर्नु भएको थियो। डा. राजभण्डारीले नेपालमा कृषि शिक्षाको गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन र व्यावसायिक दक्षता अभिवृद्धिका लागि उल्लेखनीय योगदान पुर्याउनु भएको छ। उहाँले “Nepalese Journal of Agricultural Sciences” को सम्पादकको रूपमा पनि कार्यरत हुनुहुन्छ।
HICAST ले प्रदान गर्ने प्रमुख शैक्षिक कार्यक्रमहरू: • पशु चिकित्सा तथा पशु विज्ञान (Bachelor of Veterinary Science and Animal Husbandry) • कृषि विज्ञान (B.Sc. Hons. in Agriculture) • एग्री-बिजनेस व्यवस्थापन (M.Sc. in Agri-Business Management) • डेरी प्रविधि (M.Sc. in Dairy Technology) • मीट टेक्नोलोजी (M.Sc. in Meat Technology) पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजमा अनुभवी प्राध्यापकहरू, अत्याधुनिक प्रयोगशालाहरू, अनुसन्धान तथा इन्टर्नसिपको व्यवस्था गरिएको छ। हालसम्म दुई हजारभन्दा बढी विद्यार्थीले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन सम्पन्न गरी देश तथा विदेशमा सफलता हासिल गरिसकेका छन्।