जेनजी युवाको आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
सरकारले जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका ७२ जनालाई शहीद घोषणा गरी प्रत्येकको परिवारलाई १० लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
नव–नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेको दिनमै यो निर्णयमा हस्ताक्षर गरेकी हुन्। निर्णयको जानकारी मुख्य सचिव एकनारायण अर्यालले आज सार्वजनिक गरे।
उनका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको ज्यान गएको थियो। साथै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।
सरकारको भनाइ अनुसार राहत रकम निकट भविष्यमा सम्बन्धित परिवारलाई वितरण गरिनेछ।
सम्बन्धित खबर
१ अर्ब निक्षेप संकलन हुँदा ३ अर्ब कर्जा लगानी
१९ मंसिर २०८२, बिहीबार
रिलायन्स लाइफले ल्यायो ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’
१९ मंसिर २०८२, बिहीबार
दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग
१९ मंसिर २०८२, बिहीबार
