ज्योति लाइफ इन्स्योरेन्सको नाफामा ८०.५१ प्रतिशतको बढोत्तरी

३१ श्रावण २०७८, आईतवार १०:५३

काठमाडौं । गत आर्थिक वर्षमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ७ करोड २० लाख रुपैयाँ रहेकोमा आ .व २०७७/७८ मा १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो बर्षको तुलनामा ८०.५१ प्रतिशतले बढि हो ।

२ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड ५८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

य कम्पनीले गत आ .वमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १४ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले १५ करोड २५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने २ करोड ७९ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ४६ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा वार्षिक, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा, पिई रेसियो १२६.०६ गुणा, प्रतिसेयर कुल सम्पत्ति ३३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *