वाणिज्य बैंकहरुले ल्याएको नयाँ ब्याजदर ; कुनको कति ?
भदौ ४, काठमाडौं । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
नबिल बैंक
नयाँ ब्याजदर अनुसार नबिल बैंकले बचत खातामा न्यूनतम ३.१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१ प्रतिशत ब्याज पाइन्छ भने ३ महिनाको मुद्दतिको ब्याजदर ५.५१ प्रतिशत निर्धारण गरेको छ । यस्तै, घर कर्जाका लागि न्यूनतम ८.४९ प्रतिशतदेखि ११ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिने उल्लेख छ ।
प्रभु बैंक
प्रभु बैंकले बचत खातामा न्यूनतम ३.२५ प्रतिशतदेखि देखि अधिकतम ४ प्रतिशतदेखि सम्म ब्याजदर तोकेर नयाँ व्याजदर लागु गरेको छ । मुद्दति निक्षेपमा ७.७५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक
एनसीसी बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार विभिन्न बचत खातामा २.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइने छ यस्तै, मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.२६ प्रतिशतसम्म व्याज दिइने उल्लेख गरिएको छ ।
एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकले बचतको ब्याजदर २.५६५ कायम गरेको छ । नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६५ सम्म ब्याज पाइने जनाइएको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सयल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार २.७६ प्रतिशतदेखि ४.५ प्रतिशत व्याजदरसम्म कायम गरिने भएको छ । भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६ प्रतिशत कायम छ भने न्यूनतम ७.५० प्रतिशत कायम गरिएको छ । स्थिर कर्जाका लागि न्यूनतम १० प्रतिशतदेखि बढीमा ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको जनाएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकको सार्वजनिक व्याजदर अनुसार बचत खातामा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । यस्तै, मुद्दति व्यक्तिगततर्फ ७ प्रतिशतदेखि ७.५ प्रतिशतसम्मको ब्याजदर कायम गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ३.५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको हो । यस्तै, बैंकले स्थिर कर्जामा न्यूनतम ९.९९ प्रतिशतदेखि अधिकतम ११.४९ प्रतिशतसम्ममा कर्जा दिने उल्लेख छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले बचतमा न्यूनतम ब्याज ३ प्रतिशतदेखि र अधिकतम ५ प्रतिशतसम्म कायम राखेको छ । यस्तै, व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत कायम छ । स्थिर कर्जाको हकमा १०.५० प्रतिशतदेखि देखि १३ प्रतिशतसम्म निर्धारण गरेको छ ।
बैंक आफ काठमान्डू
बैंक आफ काठमान्डूका अनुसार बचतको न्यूनतम ब्याज २.५० प्रतिशत र अधिकतम ४ प्रतिशत कायम गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा ब्याज ७ प्रतिशत कायम गरिएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचतमा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर कायम रहने उल्लेख छ। बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि अधिकतम ११.४९ प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको उल्लेख छ । बैंकले मुद्दति निक्षेपमा भने ७ प्रतिशतसम्म ब्याजदर दिनेछ
कृषि विकास बैंक
कृषि विकास बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार बचतको न्यूनतम ब्याज ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म कायम गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज ७.५० प्रतिशत कायम छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार बचतमा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर कायम राखेको छ । यस्तै, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्मको व्याजदर कायम गरेको छ । यता, स्थिर कर्जामा ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक
नेपाल बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार बचतको न्यूनतम ब्याज ३.०५ प्रतिशतदेखि अधिकतम ४.५५ प्रतिशतसम्म कायम छ । व्यक्तिगत मुद्दति निक्षेपमा ८.५ प्रतिशतसम्म कायम रहेको छ भने स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.४९ प्रतिशतदेखि १२.४९ प्रतिशतसम्म कायम छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार बचतको न्यूनतम ब्याज २.०५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दति निक्षेपको ब्याज ७.०५ प्रतिशत रहेको छ । बैंकले स्थिर ब्याजदरको लागि भने न्यूनतम ९.८९ प्रतिशतदेखि अधिकतम १२.२४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको उल्लेख छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार बचतको ब्याज २.५५ रहेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.५५ प्रतिशतसम्म निर्धारण गरेको छ ।
सिभिल बैंक
सिभिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा न्यूनतम ४.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ८.७५ प्रतिशतसम्म ब्याज दिने छ ।
सनराइज बैंक
सनराइज बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा न्यूनतम २.५७ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज कायम गरेको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५० प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत कायम छ । व्यक्तिगत मुद्दति निक्षेपमा न्यूनतम ७.२५ प्रतिशत छ भने अधिकतम ब्याज ७.५० प्रतिशत कायम रहेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९ प्रतिशतदेखि अधिकतम १२.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
सम्बन्धित खबर
विकास बैंकहरूको खराब कर्जा १० प्रतिशत नजिक, अधिकांश बैंकमा जोखिम वृद्धि
१९ मंसिर २०८२, बिहीबार
जलविद्युत् आयोजनाहरु निर्माणपछि औद्योगिकीकरणतर्फ फड्को मार्दै इलाम
१९ मंसिर २०८२, बिहीबार
सर्लाही नवलपुरमा नयाँ सब–स्टेसन, अब उद्योगहरुलाई पर्याप्त विजुली
१९ मंसिर २०८२, बिहीबार
