सर्वोच्चद्धारा इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पक्राउ गर्नुको कारण माग

Heading3 BusinessSarokar | ९ पुष २०८२, मङ्गलबार

सर्वोच्च अदालतद्वारा सरकारसँग कारण माग

काठमाडौं — नेपाल इन्भेष्टमेण्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे लाई पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण माग गरेको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमान को एकल इजलासले पाण्डेलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न आदेश दिएको हो। पाण्डेको पक्राउविरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले “कारण देखाउ” आदेश जारी गरेको जनाएको छ।

सीईओ पाण्डेकी श्रीमती निरु दाहाल ले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।

अदालतको आदेशपछि अब सरकारले पाण्डेलाई किन पक्राउ गरिएको हो भन्ने कानुनी आधारसहित जवाफ पेश गर्नुपर्नेछ। पक्राउसँग सम्बन्धित विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp