नेप्सेमा थपियो सिनर्जी पावरको १२ लाखभन्दा बढी बोनस शेयर
Heading3
BusinessSarokar
|
४ पुष २०८२, बिहीबार
८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १२ लाख ९ हजार ८ सय ६२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीले आफ्ना शेयरधनीलाई प्रदान गरेको १० प्रतिशत बोनस शेयरबापतको उक्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेका अनुसार बोनस शेयर सूचीकृत भएसँगै सम्बन्धित शेयरधनीले कम्पनीको बोनस शेयर कारोबार गर्न सक्नेछन्।
