वस्तु व्यापारमा सीजी इम्पेक्स, बैंकिङमा नबिल बन्यो उत्कृष्ट करदाता

Heading2 BusinessSarokar | २८ माघ २०८२, मङ्गलबार

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालि वस्तु व्यापार कारोबार गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले मंगलबार उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा सीजी इम्पेक्सलाई पनि सम्मान गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजी इम्पेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरे ।

त्यसैगरी, चौधरी ग्रुपकै लगानी रहेको नबिल बैंक बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा सम्मानित भएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp