Banking Khabar
अर्थतन्त्र

सुुुुुुुनको मुल्य ४ सय रुपैँयाले उकालो लाग्यो, चाँदिमा पनि १० रुपैँयाको बढोत्तरी

August 17, 2021
सेयर:

भदौ १, काठमाडौं । मंगलबार सुन चाँदी दुवैको कारोबार मूल्य बढेको छ । सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँ बढेको हो।

गत आइतबार ९० हजार ७ सय रहेको सुनको मूल्य सोमबार एक सय रुपैयाँ घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला ९१ हजार निर्धारण भएको छ। चाँदी प्रतितोला १२ सय १० रुपैयाँ भएको छ।

अन्तराष्ट्रिय बजारमा सुनको मुल्य बढे सगैँ आज भदौ महिनाको पहिलो दिन नेपाली सुनको बजार पनि उकालो लागेको हो ।