Banking Khabar
Heading2

लगानी बोर्डद्धारा १ खर्ब ३६ अर्ब बराबरको लगानी स्वीकृत, ४ खर्ब स्वीकृत प्रक्रियामा

August 17, 2021
सेयर:

भदौ १, काठमाडौं । लगानी बोर्डले एक बर्ष भित्रमा १ खर्ब ३६ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्टले प्रधानमन्त्री देउवालाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ।

त्यस्तै, बोर्डमा ४ खर्ब बराबरको लगानी स्वीकृत हुने प्रक्रियामा रहेको उल्लेख छ। डेढ खर्ब लगानीको ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको विकासकर्तासँग समझदारी गरेर सर्वेक्षण अनुमति बोर्डले जारी गरेको छ।

बोर्डबाट सहजीकरण भइरहेका अरुण तेस्रो जलविद्युत परियोजना, ह्वासिन सिमेन्ट लगायतका परियोजनाको राम्रो प्रगति रहेको प्रतिवेदनमा उल्लेख छ। दमक औद्योगिक पार्क, दाङ सिमेन्ट, सम्राट सिमेन्ट परियोजनाहरू सम्झौताका चरणमा रहेको बोर्डले जनाएको छ।

व्यवसायिक योजना, रणनीतिक योजना तर्जुमा, कार्य सञ्चालनका कार्यविधिहरू तर्जुमा, ठूला परियोजनाका लागि परियोजना बैंक तयारी, वेभमा आधारित एकल विन्दु सेवा केन्द्र सञ्चालनको तयारी भइरहेको बोर्डले जनाएको छ।