राष्ट्र बैंकले सरकारको निर्देशन विपरित गएर १ अर्ब २४ करोड रुपैयाँ भत्ता बाँड्यो

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको निर्देशन विपरित गएर कर्मचारीलाई सवा अर्ब रुपैयाँ भत्ता वितरण गरेको छ ।बैंकले आर्थिक वर्ष २०७६/७७ मा सरकारको निर्देशन विपरित कर्मचारीलाई भत्ता वितरण गरेको हो ।

सरकारले सरकारी मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ जारी गर्दै सरकारी निकायले प्रदान गर्ने सबै प्रकारको भत्ताहरु खारेज गरेको थियो ।तर, महालेखापरीक्षकका अनुसार राष्ट्र बैंकले भने २०७७ असार मसान्तसम्म विभिन्न १५ वटा शिर्षकमा उक्त निर्देशिकाको विपरित गएर भत्ता वितरण गरेको छ ।

महालेखापरीक्षकले नेपाल सरकारको निर्देशन पालना गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । शुक्रबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्म विभिन्न १५ शिर्षकमा गरी १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

जुन कर्मचारीहरुलाई केन्द्रीय बैंक भत्ता, खाजा भत्ता, बार्षिकेत्सव भत्ता, क्लोजिङ्ग भत्ता, ईन्टरनेट भत्ता, आउटस्टेसन भत्ता, कर्मचारी कल्याण कोष समेत गरेर भत्ता भुक्तानी भएको हो ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp