Banking Khabar
बैंकिङ

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै रकम जम्मा गर्न सक्ने

August 18, 2021
सेयर:

२ भदौ, काठमाडौं । आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ।

आधुनिक बैंकिङ युगको शुरुवात गर्न केन्द्रित हुँदै यस ‘नबिल क्यास मेशिन’ले ग्राहकहरुलाई एटीएक मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।

यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा एक हजार, पाँच सय र एक सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् । साथै एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् ।

साथै यस मार्पmत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्पmत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ