बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले दिए राजीनामा
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन्। पार्टीको निर्देशनमा मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिएका हुन्।
पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
सम्बन्धित खबर
मंगलबार थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु
१९ मंसिर २०८२, बिहीबार
कोलम्बिया भूकम्प : मृतकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
१९ मंसिर २०८२, बिहीबार
वैशाखमै स्थानीय निर्वाचन गर्ने बिषयमा दलहरुबीच सहमति
१९ मंसिर २०८२, बिहीबार
